October 21, 2008

लोकतान्त्रिक गणतन्त्रको परिमार्जित रूप जनगणतन्त्र

Filed under: Uncategorized

यतिबेला राजनीतिक रंगमञ्चमा लोकतन्त्र, गणतन्त्र स्वाधीन र जनमुखी गणतन्त्र तथा जनगणतन्त्रका बारेमा व्यापक चर्चा, परिचर्चा र बहसहरूले शर्षि स्थान ओगटेका छन् । विभिन्न राजनीतिक दलका नेताहरूले त यस्ता बहसहरूमा भाग नलिंदा आफ्नो राजनीतिक अस्तित्व नै समाप्त भएको अनुभूतिसमेत गर्न थालेको पाइन्छ । त्यसो त यो बहस राष्ट्र र जनताको भाग्य र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएक्ोले यसले चर्चाको शिखर प्राप्त गर्नु अस्वाभाविक मान्नु पर्दैन । यसले अझ बढी बहसको माग गर्नु पर्दछ । यसमा दुईमत छैन ।

हुन त यो विषय नेकपा -माओवादी)को अन्तरपार्टी बहस र छलफलको सिलसिलामा उठेको विषय हो । निश्चय नै नेकपा -माओवादी) एउटा क्रान्तिकारी एवं आमूल परिवर्तनमा विश्वास राख्ने पार्टी भएकोले ऐनमौकामा राष्ट्र र जनताका पक्षमा नयाँनयाँ क्रान्तिकारी एजेण्डाहरू उठाउँछ र मुलुकलाई त्यतैतर्फ डोर्‍याउँछ । हिजो जनयुद्धको उठान गर्दा होस् वा शान्तिप्रक्रियामा प्रवेश गर्दा होस् माओवादीले केन्दि्रकृत सामन्ती राजतन्त्रको समूल नष्ट र जनताको संघीय गणतन्त्रको स्थापना गर्ने स्पष्ट एजेण्डा प्रस्तुत गर्‍यो र आज देश त्यही मार्गचित्रमा यहाँसम्म आइपुगेको छ ।

स्पष्ट छ कि नेकपा -माओवादी)कै एजेण्डामा आज मुलुक संविधानसभाको निर्वाचन सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । र, अढाइ सय वर्ष पुरानो केन्दि्रत सामन्ती राजतन्त्र अतीतको विषय बन्न पुगेको छ । यथार्थलाई स्वीकार गर्नैपर्छ कि राष्ट्रको आजको अवस्था नेकपा -माओवादी)कै त्याग, तपस्या संघर्ष, बलिदान र रक्तदानको परिणाम हो । साथै दश वर्ष लामो सशस्त्र जनयुद्ध र त्यसकै जगमा उठेको १९ दिने ऐतिहासिक जनआन्दोलनको फ्यूजन नीतिको परिणाम हो ।

स्वाभाविक रूपमा एकातिर जनयुद्ध रजनआन्दोलनहरूको उत्कर्ष बिन्दुमा राजतन्त्रको अन्त्य हुनसकेको यथार्थता हाम्रा सामु छर्लङ्ग छ भने अर्कोतिर हजारौं वर्षदेखिको सामन्तवादी राज्यस.रचना ध्वंश गर्न संविधानसभाको आवश्यकता परेको स्पष्ट छ । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नुका साथै स्वाधीन र जनमुखी गणतन्त्रात्मक संविधान निर्माण गरेर मात्र नयाँ, शान्त र समृद्ध नेपाल निर्माण हुनसक्छ । यसमा पनि विमति रहन्न । त्यतिबेला मात्र नयाँ नेपालको जग मजबुत बन्नुका साथै सम्पूर्ण वर्ग, जाति, लिङ्ग, क्षेत्र र विभिन्न प्रकारले शोषित पीडित र उपेक्षित जनसमुदायको हकअधिकार स्थापित सुनिश्चित हुनेकुरा निर्विवाद छ ।

निश्चित रूपमा नेकपा -माओवादी) लोकतन्त्र र गणतन्त्रका नाममा आम श्रमजीवी जनताको रगत पसिना चुस्दै मुठ्ठीभर पुँजीपति वर्गले चैनबैन र मोजमस्ती गर्ने तन्त्रको डटेर विरोध गर्दछ । प्रजातन्त्र र गणतन्त्रको खोलभित्र सामन्त र पुँजीवादी शासकहरूले विश्वभर गरिब, किसान, मजदुर, आम श्रमजीवी जनतामाथि शोषण, दमन, अभाव र महागी तथा अशिक्षा र दरिद्रता थोपरेको यथार्थप्रति माओवादी सचेत छ । फेरि पनि यहाँका दलाल तथा नोकरशाही पुँजीपति र सामन्त तथा जमिन्दार वर्ग नेपाली जनतामाथि पुरानै शोषण तथा अन्याय, अत्याचार र भ्रष्टाचारलाई कायमै राख्न उद्दत छ । शासनप्रणालीको रूप फेेर सार यथावत राख्नु दुस्प्रयास गर्दैछ । त्यो वर्ग नेपाली जनतालाई तावाबाट खसालेर भुंग्रोमा हाल्न विभिन्न प्रकारका हर्कत गरिरहेको छ ।

अतः नेकपा -माओवादी) राष्ट्रलाई यथास्थितिबाट मुक्त गरी अग्रगामी परिवर्तनतर्फ डोर्‍याउँदैछ । मुलुकलाई परम्परावादी बुर्जुवा गणतन्त्रभन्दा एक स्टेप अगाडि स्वाधीन र जनमुखी गणतन्त्रमा पुर्‍याउन चाहन्छ । यहींनेर सामन्तवादी संरचनासँगैको पुँजीवादी गणतन्त्रका पक्षधर र परिमार्जित गणतन्त्रका अनुयायी माओवादी शक्तिका बीच टकराव चलिरहेको छ । माओवादी एउटा गतिशील पार्टी हुनुका नाताले पुँजीवादी परम्परागत लोतन्त्रको खामो समातेर त्यसैमा वरिपरि घुमिरहन चाहन्न । तसर्थ, लोकतान्त्रिक गणतन्त्रलाई परिमार्जित गर्दै जनमुखी एवं जनताको जनगणतन्त्र स्थापना गर्न माओवादी आफ्नो योजनाभित्र राख्दछ ।

एउटा सच्चा कम्युनिष्ट पार्टी हुनुका नाताले माओवादी जनवाद, समाजवाद र साम्यवादसम्म पुग्ने उसको गन्तव्य अवश्य हुनुपर्छ र छ । निश्चय पनि पुँजीवादी लोकतन्त्रमा रमाउने माओवादीको अभिष्ट होइन । तसर्थ माओवादी पार्टीभित्र गणतन्त्रको ओज, भाव रूप र सारका बारेमा बहस र छलफल उठ्नु स्वाभाविक छ ।

त्यसो त समाजमा विद्यमान प्रत्येक वस्तु रूपान्तरित र परिमार्जित भएझैं लोकतन्त्र पनि परिमार्जित हुनु जरुरी छ । आजभन्दा चार सय वर्ष पुरानो संसदीय लोकतन्त्र आज पनि त्यत्तिकै उपयुक्त छ भन्ने सोच राख्नु पश्चगामी चिन्तन हो । गतिशीलता विज्ञानको नियम हो । तसर्थ, जनताका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक अधिकार स्थापित र सुनिश्चित नगरिएको गणतन्त्र जनताको गणतन्त्र हुन सक्तैन । त्यसैगरी वर्गीय, जातीय, लैङ्गकि तथा क्षेत्रीय विभेदहरूको अन्त नगरिएको गणतन्त्र लुटेराहरूले लुटिखाने भाँडो मात्र बनिरहेको दृष्टान्त संसारका बुर्जुवा गणतन्त्रहरूमा स्पष्ट देख्न सकिन्छ ।

स्पष्ट छ कि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका सबै गणतान्त्रिक मुलुक हुन् । के त्यहाँ श्रमजीवी जनताका हकअधिकारहरू सुनिश्चित र सुरक्षित छन् त ? के त्यहाँ महिला, दलित, मजदुरलगायतका श्रमजीवी जनताले बिना भेदभाव जीवनयापन गर्न पाएका छन् त ? त्यो गणतन्त्रले निश्चय पनि गगनचुम्बी महल र झुपरपट्टकिो भिन्नता मेटाउन सकेको छैन । हुनेखाने र हुँदाखानेको बीचको खाडल दिनप्रतिदिन बढाइरहेको छ ।आज संसारभरका विकसित भनिने अमेरिका, रुस, जर्मनीलगायतका राष्ट्रहरूमा पनि बुर्जुवा गणतन्त्रकै अभ्यासका कारण ठूलो संख्यामा सर्वहारावर्ग र मुठ्ठीभर पुँजीपतिवर्गको उदय भएको तथ्य सर्वविदित छ ।

अतः शोषणलाई छुट भ्रष्टाचारलाई छुट, अन्याय, अत्याचारलाई छुट भेदभाव र उत्पीडनलाइ छुट दिने गणतन्त्रका निम्ति नेपाली जनताले ज्यान गुमाएको होइन भन्ने सत्यलाई माओवादीले आत्मसात गरेको छ । त्यसैले माओवादी शोषित, पीडित उपेक्षित र सीमान्तकृत जनताले सम्मानजनक ढंगले समृद्ध जीवनयापन गर्न पाउने स्वाधीन र जनमुखी गणतन्त्र स्थापना गर्न चाहन्छ र त्यही बाटोमा अगाडि बढिरहेको छ ।

यतिबेला माओवादीले स्वाधीन, जनमुखी र जनगणतन्त्रको विषयमा बहस चलाइरहादा पश्चगामी शक्तिहरू तर्संदै तीन हात उप|mीउप|mी चिच्याइरहेका छन् । उनीहरू चिच्याइरहेका छन् कि माओवादीले अधिनायकवाद लाद्दैछ । एकतन्त्री व्यवस्था लाद्दैछ । नेकपा -माओवादी)ले स्पष्टसँग प्रतिबद्धता जाहेर गरेको कि माओवादी प्रतिस्पर्धात्मक व्यवस्थामा विश्वास गर्दछ । माओवादी मानवअधिकार, विधिको शासन, आवधिक निर्वाचन आदि लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्दछ । तर स्पष्ट कुरा के हो भने माओवादी निरन्तर अग्रगामी परिवर्तनमा विश्वास राख्दछ र पूरातनपन्थी सोच, विचार र चिन्तनबाट माथि उठ्न चाहन्छ ।

वस्तुतः माओवादीलाई एतन्त्री अधिनायकवाद लाद्न खोज्दैछ भन्नेहरूले के कुरा बुझ्न जरुरी छ भने माओवादी आम जनतालाई उपेक्षा गर्दै मुठ्ठीभर सामन्त, दलाल, भ्रष्ट र तस्करहरूको स्वार्थ रक्षा गर्न चाहन्न । माओवादीको सर्वोपरि लक्ष्य भनेको नेपाली जनतालाई सार्वभौम र राष्ट्रको निर्णायक शक्तिका रूपमा स्थापित गर्नु हो । वास्तवमा अधिनायकवादी तिनै हुन् जसले आम श्रमजीवी जनतालाई उपेक्षा गर्छन् र सामन्त, दलाल तथा नोकरशाहहरूको हकहितका निम्ति मरिहत्ते गर्दछन् ।

यतिखेर कांग्रेसीहरू जनताको गणतन्त्र जनगणतन्त्रदेखि तर्सनुको मुख्य कारण त्यसमा आफ्नो वर्गको हित देखिरहेका छन् । क्रान्तिकारी भूमिसुधार कार्यान्वयन हुँदा सामन्त जमिन्दारवर्गको अस्तित्व समाप्त हुने देखिरहेका छन् । राज्यको पुनर्संरचनामा सामन्तवादी संरचना भत्कने देखिरहेका छन् । संघीय राज्यहरूको निर्माण हुँदा शोषण र भ्रष्टाचारको केन्द्र ध्वस्त हुने देखिरहेका छन् । अन्ततः जनताको अधिकार स्थापित हुँदा आफ्नो अस्तित्व समाप्त हुने देखेर नै कांग्रेसीहरू जनमुखी गणतन्त्रदेखि उतर्सिरहेका छन् । अर्कोतिर एमालेहरूले पनि माओवादीसँग निषेधको राजनीतिक अागिकार गर्नुका पछाडि यस्तैयस्तै चिन्तन र सोचले काम गरेको हुनसक्छ । जेहोस् आमूल परिवर्तन २१औं शताब्दीको राष्ट्रिय आवश्यकता हो र क्रान्तिकारी आम नेपाली जनताको चाहना हो र यसलाई कसैले रोक्न सक्तैन ।

September 3, 2008

कमरेडहरुलाई नेपाली जनप्रगतिशील मञ्चको हार्दिक बधाई

Filed under: Uncategorized

दश बर्षो जनयुद्धको जगमा टेकेर युगान्तकारी संविधान सभाको चुनाव मार्फ सरकारको मोर्चा सम्हाल्न होमिनुभएका सम्पर्ुण्ा कमरेडहरुमा नेपाली जनप्रगतिशील मञ्च कतार हार्दिक बधाई तथा उहाहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छ !

August 27, 2008

नेपाली जनप्रगतिशील मञ्च कतारको प्रथम बाषिर्कोत्सब सम्पन्न

Filed under: Uncategorized

नेपाली जनप्रगतिशील मञ्च कतारको प्रथम बाषिर्कोत्सब सम्पन्न
हरि नेपाली
"दिगो शान्ति र संघीय गणतन्त्रलाई संस्थागत गरौ , आमुल परिवर्तनको पक्षमा प्रथम बाषिर्कोत्सब सफल पारौ"भन्ने मुल उद्घोषका साथ नेपाली जन प्रगतिशिल मञ्च कतारको प्रथम बाषिर्कोत्सब भब्यताकासाथ सम्पन्न भएको छ । नेपाली जनप्रगतिशील मञ्चसंग आबद्ध सयौ व्यक्तिहरुको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट पाल्नुभएका ने.क.पा.-माओवादी)का केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क.सी.पी. गजुरेल-क. गौरब) तथा केन्द्रिय सदस्य क.मातृका यादवलाई गणेश बानियाको संयोकत्मा डेढसय भन्दा बढीको संख्यामा फर्मेशनबद्ध एवं एकै ड्रेसमा रहेका स्वयंसेवकहरुले पुष्पगुच्छा र अभिवादन सहित स्वागत गरेका थिए भने उपस्थित जनसमुदायहरुको तालीको गड्गडाहटले अझै रौनक थप्ने काम गरेको थियो ।
नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष जनार्दन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन किशोर सुवेदीले गर्नुभएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि ने.क.पा.-माओवादी)का केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क. गौरब, विशेष अतिथि ने.क.पा.-माओवादी)का केन्द्रिय सदस्य क.मातृका यादव तथा कतारका लागि नेपाली राजदूत डा. र्सर्ूयनाथ मिश्र , अतिथीहरुमा जनवादी एकता समाजका अध्यक्ष जसमान दर्नाल, एनआरएनए आईसीसीका कतार प्रतिनिधी टी.वि. कार्की, एनआरएनए आईसीसीका कतार च्याप्टरका कोषाध्यक्ष के.वी.हमाल, नेपाल कतार पत्रकार संघका कुमार कार्की, राजधानी साप्ताहिकका उपसम्पादक दिपक पौडेल, नेपाली टी.भी युके का भेष गुरुङ्ग, नेपाल इन्जिनियर एसोसियसन कतारका अध्यक्ष नारायण प्रसाद चौधरी, नेपाली जनप्रगतिशील मञ्चका लागि साउदी अरेवियाबाट आउनुभएका भीमसेन गिरी, सेङ्खटी अवारनेसका अध्यक्ष्ँ राधाकृष्ण देव लगायतका अतिथिहरुको गौरवपर्ूण्ा उपस्थिती रहेकेा थियो भने नेपाली जनप्रगतिशील मञ्च साउदी अरेविया र नेपाली जनप्रगतिशील मञ्च यु र्एर् इ ले पत्र मार्फ शुभकामना सन्देश प्रवाह गरेको थियो ।
लखन थापा देखि अहिलेसम्म देश र जनताको लागि आङ्खनो प्राणको आहुति गर्नुहुने सम्पर्ुण्ा शहीदहरु प्रति मौनधारण गरि सुरु गरिएको कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च कतारको तर्फाट हरि नेपाली र रमेश भट्टले प्रमुख अतिथिहरुलाई अबिर र पुष्पगुच्छाले स्वागत गर्नु भएको थियो । कार्यक्रममा अतिथिद्धयले प्रथम बाषिर्कको व्यानरको पर्दा हटाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने युगान्तकारी संविधानसभाको निर्वाचनमा ने.क.पा.-माओवादी)को तर्फाट विजयी हुनुभएका सभासद्द्धय लाई धनुषा सेवा समाज कतारले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।त्यस्तै नेपाली जनसांस्कृतिक मञ्चका कलाकारहरुले गीतको माध्यमबाट सम्पर्ूण्ा उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि ने.क.पा-माओवादी)का केन्द्रिय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख क. गौरबले पार्टर्ीीरकारमा गएपनि क्रान्ति नया" ढंगले अघि बढिरहने र तीन स -सदन, सडक र सरकार) बाट संर्घष्ाको मोर्चालाई ने.क.पा.-माओवादी)ले अघि बढाइरहने विचार व्यक्त गर्नुभएको थियो । कर्ुर्सर्ीीाइहाल्यौ भनेर क्रान्तिलाई छोडेर जनताप्रति गद्धारी गर्न नसक्ने तथा यथास्थितीवादीहरुले भनेको जस्तो गौरबपर्ूण्ा इतिहास बोकेको वाइसियल विघटन गर्ने तथा घरवार विहिन सुकुम्बासी एवं किसानहरुलाई दिएको जग्गा फिर्ता गर्न कुनै पनि हालतमा नसक्ने भनाई क. गजुरेलले राख्नुभएको थियो । हामी जनगणतन्त्रको बाटोमा अघि बढिरहेकोले कांग्रेससंगको यात्रा यही सम्म भएको र ने.का., एमालेहरुले भनेको झै हामी सच्चिएर आउनुपर्ने नभई यिनीहरुले सच्चिएर आउनुपर्ने र यिनीहरुलाई सच्याउनको लागि नै आएको दावी गर्नु भयो । बोल्ने क्रममा क. गौरबले विश्वभरि नै छरिएर रहेका नेपालीहरुका हकहितलाई सुनिश्चित गर्ने माओवादीको उद्धेश्य रहेको र यसमा नेपाली जनप्रगतिशील मञ्च कतारको महत्वपर्ूण्ा भूमिका रहेको कुरामा जोड दिनु भएको थियो । पहिले पहिले जस्तो भारतमा कमाएर जीवनस्तर धान्न नसक्ने अवस्थाको सिर्जना भएकोले विदेसिनुपरेको यथार्थ औल्याउदै मानवतस्करहरु त्यसैको फाइदा उठाएर गरिब नेपालीहरुलाई ठगीरहेका छन् भन्नुभयो । उहाले नेपाली जनप्रगतिशील मञ्च र राजदूतको उच्च पहलमा नेपालीले नेपालीलाई नै पशुसमान विक्री गर्ने, ठग्ने कर्तुतहरुका विरुद्ध कडा रुपमा लागिपरेकोमा प्रशंसा गर्न पनि चुक्नुभएन ।
ठग, दलाल र मानवतस्करहरुले बाहिरबाट संगठनलाई केही गर्न नसकेपछि संगठन भित्र नै आङ्खना दलालहरु घुसाएर नेपाली जनप्रगतिशील मञ्चलाई तहसनहस बनाउन खोजेका तर संगठनले बेलैमा पहिचान गरि कार्वाही गरेकोमा स्वागत गर्दै विभिन्न प्रलोभनमा परि बाटो विराएका साथीहरुलाई पर्ुनविचार गर्न पनि क. गौरबले आग्रह गर्नु भयो । साथै कतारमा रहेका ८१ वटा संघ संस्थाहरुलाई संयुक्त रुपमा नेपाली जनप्रगतिशील मञ्चमा आबद्ध भएका जति जनता बटुलेर देखाउन पनि चुनौती दिनुभएको हो ।
त्यस्तै उक्त कार्यक्रममा जिल्ला प्रतिनिधीको रुपमा बोल्दै गोरखा प्रवासी संघका जी.बि परियारले दर्ुइ तिहाई बहुमत सहित संघीय लोकतान्त्रिक गणतन्त्रको प्रथम प्रधानमन्त्री हुनुभएको बधाई दिनुभएको थियो भने एनआरएनए आइसिसि कतारका प्रतिनिधी टी.बि कार्कीले नेपाली जनप्रगतिशील मञ्चको जनहितकारी कार्यहरुको प्रशंसा गर्नुभएको थियो । उक्त कार्यक्रममा जनवादी एकता समाजका अध्यक्ष जसमान दर्नाल , नेपाल इन्जिनियर एसोसियसनका अध्यक्ष नारायणप्रसाद चौधरी लगायतले आङ्खना भनाइहरु राख्नुभएको थियो । उपस्थित सम्पर्ूण्ा महानुभावहरुलाई स्वागत मन्तव्य राख्दै मञ्चका सल्लाहकार सुशिल खड्काले नेपाली जनप्रगतिशील मञ्चले मानव तस्करहरुका विरुद्धको अभियान जारी राख्ने र ने.क.पा-माओवादी) सरकारमा गइसकेको बर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई सौतेनी व्यवहार नगरि व्यवस्थित गर्न उपस्थित कमरेडहरुसंग अपिल गर्नुभएको थियो ।
मञ्चको प्रथम बाषिर्कोत्सवकै अवसरमा तत्कालिन केन्द्रिय महासचिव रघुनाथ अधिकारीको संयोजकत्वमा सुशिल खड्का र अम्रेशकुमार मोक्तान रहेको अध्यक्ष मण्डलले जनार्दन गिरीको अध्यक्षतामा नया" कार्यसमितिको पनि चयन गरेको छ । जसमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमसः होमनाथ शर्मा, हरि नेपाली, दिलकुमार लिम्बु, र गणेश बानिया रहनुभएको छ भने सदस्यहरुमा कृष्ण नेपाली, विष्णु देबकोटा, दिल बहादुर खड्का, भरत ढकाल, अम्रेशकुमार मोक्तान, गणपति शाह, कमल श्रेष्ठ,रामचन्द्र पौडेल, रमेश भट्ट, शालिकराम बास्तोला प्रमोद खनाल र एल.वी. के.सी तथा वैकल्पिक केन्द्रिय सदस्यहरुमा किशोर सुवेदी, रामबहादुर खत्री, रुद्र लामिछाने, मिलन दाहाल र एक सदस्य मधेसी मुस्लिम प्रतिनिधीको लागि छुट्याइएको छ । त्यस्तै सुशिल खड्काको संयोजकत्वमा रघुनाथ अधिकारी, नरेन्द्र सेन, नारायण प्रसाद पराजुली र राजु डुम्रे रहेको सल्लाहकार समितिको पनि चयन गरिएको छ ।
नया" कार्यसमितिको चयन पछि बधाई तथा शुभकामना दिदै ने.क.पा.-माओवादी)का केन्द्रिय सचिवालय सदस्य तथा बिदेश विभाग प्रमुख क. सि.पी. गजुरेल-क. गौरब) ले पार्टर्ीीे तर्फाट हर किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने ने.क.पा.-माओवादी)का केन्द्रिय सदस्य मातृका यादवले नेपाली जाति आफूलाई जहा" गएपनि रुपान्तरण गर्नसक्ने महान् जाति भएको भन्दै विगतका परिवर्तनशील र जनमुखी सोच नभएका नालायक नेताहरुका कारण हामी गरिव हुनुपरेको विचार व्यक्त गर्नुभएको थियो । यादवले थप्नुभयो "अहिलेको नेपाल विगतको भाडाको सिपाही जन्माउने , भ्रष्टाचारीहरुको पुरानो नेपाल नभई क्रान्तिकारीहरुको नया" नेपालमा परिवर्तन भएको छ । "
कतारका लागि नेपाली राजदूत डा.र्सर्ूयनाथ मिश्रले नया" कार्यसमितिलाई बधाइ तथा आगामी कार्यकालको लागि शुभकामना दिदै मञ्चले गरेको रचनात्मक सहयोगलाई धन्यावाद दिदै नया" कार्यसमितिले पनि सोही किसिमको सहयोग गर्नेमा विश्वस्त रहेको विचार व्यक्त गर्नु भएको थियो । साथै रोजगार एजेन्सीहरुमा सरकारको पर्ूण्ा रुपमा नियन्त्रण हुन सकेमा नेपालीहरु ठगिने क्रम कम गर्न सकिनेमा डा. मिश्रले जोड दिनुभएको थियो । कतारमा संघसंस्थाहरुको खोल ओढेर ठगी, दलाली एवं मानवतस्कर गर्नेहरु बढिरहेको बताउदै त्यस्ता कुकार्यर्हरु पर्दाफास हुने दावी राजदूतले गर्नु भयो ।
क. प्रयासको अध्यक्षतामा रहेको नेपाली जनसांस्कृतिक मञ्चले आङ्खना विविध सांस्कृतिक कोसेलीहरुको माध्यमबाट उपस्थित सवैलाई रोमाञ्चित गराएको थियो । कलाकार टीमले "पूणिर्माको उज्यालो रात गरिबको न घर न बास" बालकोे जनवादी लोक गीत गाउदा सम्पर्ूण्ा दर्शक हरुको नाच र तालीले कार्यक्रम हल पर्ूण्ा रुपमा उल्लासमय भएको थियो भने कार्यक्रमको अन्तिममा "फेरी आयो छुट्टनिे बेला छोडी जादा यो मनमा के होला" विदाइ गीतले दर्शकहरुलाई त्यतिकै भावुक बनाएको थियो ।
कार्यक्रमको समापन गर्नुहुदै अध्यक्ष जनार्दन गिरीले मुलुकमा अर्को युद्ध गर्नुपर्ने स्थिती आयो भने हामी सवै मुलुक र्फकन तयार रहेको कुरा व्यक्त गर्नुभएको थियो ।
त्यस्तै नेपाली जनप्रगतिशील मञ्च कतारको दुखान क्षेत्रिय समितिको आयोजनामा प्रमुख अतिथि ने.क.पा.-माओवादी)का केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क. गौरब, विशेष अतिथि ने.क.पा.-माओवादी)का केन्द्रिय सदस्य क.मातृका यादव तथा कतारका लागि नेपाली राजदूत डा. र्सर्ूयनाथ मिश्र को उपस्थितीमा अगस्ट २१ गते भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो भने सोही नेशनल क्षेत्रिय समितिको आयोजनामा दोहाको टपर्फम रेष्टुरेन्टमा पनि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो

August 17, 2008

नेपाली जनप्रगतिशील मञ्च कतार द्वारा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीलाई शुभकामना

Filed under: Uncategorized

नेपाली जनप्रगतिशील मञ्च कतार द्वारा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीलाई शुभकामना

अगस्ट १६, २००८

प्रेस विज्ञप्ती

नेपाली भूमिमा अहिले महान् सर्वहारा क्रान्तिले उच्चता हासिल गर्दै गइरहेको छ। जसले गर्दा विश्वभर भइरहेका जनमुक्ति आन्दोलनको लागि उदाहरणीय बन्न पुगेको छ तमाम नेपाली जनताको लागि ने.क.पा. (माओवादी) द्धारा प्रतिपादित जनयुद्ध मार्फत। अहिले १० बर्षीय नेपाली जनयुद्धका सर्वोच्च कमाण्डर क.प्रचण्ड अत्याधिक बहुमतका साथ सम्पूर्ण देशी विदेशी प्रतिक्रियावादीहरु तथा यथास्थितीवादी शक्तिहरुका षड्यन्त्रलाई धुलो चटाउदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ। जसले गर्दा हामी सम्पूर्ण सर्वहारा श्रमजीवि तथा प्रवासी मजदुरहरु गौरवान्वित भएका छौ।

सामन्ती व्यवस्थाका प्रवर्तकहरु अग्रगमनका पक्षपातीहरुलाई कसैगरि पनि घेराबन्दीमा पारेर क्रान्तिकारीहरुलाई अन्त्य गर्न चाहि रहेको बर्तमान अवस्थामा आफै पराजित भएर गएका छन्। विद्यमान पुरातन परिस्थितीलाई क्रान्तिकारी रुपान्तरण तथा आमुल परिवर्तनको दिशामा मार्गदर्शन गर्ने महान् व्यक्तित्व तथा नया नेपालका प्रथम प्रधानमन्त्री क.प्रचण्डलाई नेपाली जनप्रगतिशील मञ्च कतार हार्दिक बधाई व्यक्त गर्दछौ।

२४० बर्षीय सामन्ती राजतन्त्रकेा अन्त्य भइसकेपनि देशीय सामन्तवादका अबशेषहरु साम्राज्यवाद तथा विस्तारवादले अझै पनि देशको राष्ट्रियता एवं स्वाधिनतामाथि नङग्रँ फिजाएर बसिरहेको अवस्थामा त्यसको अन्त्य गर्नु तथा जर्जरिएको देशको अवस्थालाई सुदृढ पार्नु , शहीदहरुका सपनालाई मुर्त रुप दिनु एवं ने.क.पा.(माओवादी)पार्टीप्रति रहेको जनताको आशा एवं आकांक्षाहरुलाई हरतरहले पुरा गर्नुपर्ने ऐतिहासिक एवं गहन जिम्मेवारी ने.क.पा(माओवादी)का अध्यक्ष एवं प्रधानमन्त्री क.प्रचण्डको काधमा थपिएको छ यि सम्पूर्ण कुरालाई जनताको पक्षमा लागु गर्नको लागि उहा147को कार्यकाल सफल रहोस् नेपाली जनप्रगतिशील मञ्च कतारको हार्दिक शुभकामना क्रान्तिकारी अभिवादन सहित

अध्यक्ष

जनार्दन गिरी

नेपाली जनप्रगतिशील मञ्च कतार

केन्द्रिय समिति

गणतन्त्र नेपालमा प्रचण्ड प्रधानमन्त्री

Filed under: Uncategorized

गणतन्त्र नेपालमा प्रचण्ड प्रधानमन्त्री

पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री भएका छन् । संविधानसभाको दुईतिहाई बहुमतका साथ उनी प्रधानमन्त्रीमा निर्वाचित
भएका हुन् ।

प्रधानमन्त्रीका लागि प्रचण्डले दर्ता गराएको मनोनयन प्रस्ताव सभाध्यक्ष सुवास नेम्वाङले संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा उनको पक्षमा चार सय ६४ मत परेको थियो । उनका प्रतिस्पर्धी वरिष्ठ कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा एक सय १३ मत परेको थियो ।
शुक्रबार बेलुका ७:४० मा सभाध्यक्ष नेम्वाङले प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको औपचारिक घोषणा पूरा नहुँदै झन्डै एक मिनेट बैठकस्थलमा तालीको गडगडाहट गुञ्जिरह्यो । सभाध्यक्षले घोषणा पूरा गर्न दिन ‘रुलिङ’ गरेपछि मत्थर भएका सभासद्हरू नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिन ठेलमठेल गरिरहेका थिए ।
सभाध्यक्षले मत परिणाम सुनाएलगत्तै निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रचण्डनजिक गएर बधाई दिएका थिए । पराजित उम्मेदवार देउवाले पनि नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिए ।
कोइरालाले प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएकोमा आफू हषिर्त भएको बताए । बैठकपछि फर्किन लागेका निवर्तमान प्रधानमन्त्री कोइरालालाई ‘निर्वाचन परिणाम तपाईंलाई कस्तो लाग्यो’ भन्ने पत्रकारहरूको प्रश्नमा कोइरालाले एक वाक्यमा जवाफ फर्काए, ‘मलाई खुसी लागेको छ ।’
माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच बिहीबार भएको सातबुँदे सहमतिअनुसार प्रचण्डले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका थिए । ठूलो दलका हैसियतले माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउन पहल नगरेको भन्दै कांग्रेसका तर्फबाट देउवाले छुट्टै उम्मेदवारी दिएका थिए । मतदानमा भाग लिने कांग्रेसबाहेकका २१ दलले प्रचण्डलाई सघाएका थिए ।
यसअघि कांग्रेस उम्मेदवार देउवाको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदा पक्षमा एक सय १३ र विपक्षमा चार सय ३८ मत परेको थियो । सभाध्यक्ष नेम्वाङले सो प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेका थिए ।
प्रचण्डको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनशक्ति पार्टीले मतदानमा भाग लिएनन् । राष्ट्रिय जनमोर्चाले माओवादीको अधिनायकवादी चरित्रमा सुधार नआएको तथा कांग्रेस उम्मेदवार देउवाले पटक-पटक प्रतिगामीहरूसित सहकार्य गरेको भन्दै मतदानमा भाग लिएन । त्यस्तै, जनशक्तिले जनभावनाअनुसार सबै दलबीचको सहमतिको सरकार नबनेको भन्दै तटस्थ रहने जनाएको थियो । त्यस्तै, नेमकिपाले पनि मतदानमा भाग लिएन ।
बहुदलीय प्रतिस्पर्धाअनुसार प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएकोमा कांग्रेस उम्मेदवार देउवाले पनि खुसी व्यक्त गरे । ‘बन्दुकको बलमा एकदलीय सर्वसत्तावाद लाद्न खोज्ने माओवादीका नेता हाम्रै नेतृत्वमा सुरु भएको शान्ति प्रक्रिया हुँदै बहुदलीय प्रतिस्पर्धाबाट प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । मलाई खुसी लागेको छ,’ मत परिणाम आइसकेपछि देउवाले पत्रकारहरूसित भने । अब प्रतिपक्षमा बस्ने कांग्रेसले माओवादी नेतृत्वको सरकारले राम्रा काम गरे रचनात्मक सहयोग गर्ने र नराम्रा काम गरे विरोध गर्ने देउवाले बताए ।
संविधानसभा चुनाव भएको चार महिनापछि र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएको २३ दिनपछि मुलुकले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई पाएको हो । कोइरालाले ८ साउनमै राजीनामा दिएको भए पनि नयाँ सरकार नबनेका कारण उनकै नेतृत्वमा रहेको कामचलाउ सरकारले काम गर्दै आएको थियो ।
प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गर्न एमाले महासचिव झलनाथ खनालले प्रस्ताव र फोरम संयोजक उपेन्द्र यादवसहित साना दलका सभासद्हरूले समर्थन गरेका थिए । प्रचण्डलाई प्रस्ताव गर्दै एमाले महासचिव खनालले चार महिनादेखि सरकारविहीन रहेको मुलुकलाई जनभावनाअनुसारको नेतृत्व दिन तीनदलबीच सहमति भएको बताए । आफूहरूबीच भएको सहमतिले मुलुकलाई अहिलेको राजनीतिक अन्योलबाट निकास दिने विश्वास पनि उनले व्यक्त गरे ।
‘यो ऐतिहासिक निर्णय हो । जनभावनाअनुसार अग्रगमनका पक्षमा र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन यो सहमतिले सुनिश्चितता प्रदान गर्छ,’ खनालको भनाइ थियो । उनले कांग्रेसलाई पनि माओवादी नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरे । सहमतिअनुसारका प्रतिबद्धता पूरा गरेर आशंकाहरू समाप्त पार्न पनि एमाले महासचिवले माओवादीलाई सुझाव दिए ।

प्रचण्डलाई समर्थन गर्दै फोरम संयोजक यादवले अहिलेको आवश्यकताअनुसार माओवादी नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न तीनदलबीच सहमति बनेको बताए । उनले अब बन्ने सरकारले सहमतिअनुसारका प्रतिबद्धता कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।
आफ्ना अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गर्न सभासद्हरूलाई अनुरोध गर्दै माओवादी नेता डा. बाबुराम भट्टराईले सबै दलको सहयोग लिएर सरकार सञ्चालन गर्ने बताए । उनले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई संकेत गर्दै भने, ‘एउटा रेलको ड्राइभर बूढो भयो, ऊ अशक्त भयो । अब नयाँ ड्राइभरले रेल चलाउँछु भन्दा उसलाई अवसर दिने होइन, बूढो ड्राइभर जिद्दी गर्न खोज्दै छ, रेललाई पछाडि धकेल्न खोज्दै छ ।’ रेललाई गति दिन माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदका उम्मेदवार बनेको पनि उनले बताए ।
डा. भट्टराईले नयाँ सरकार सबैको सहमतिमा चलाउने पनि बताए । ‘हामीमा कुनै दम्भ छैन । यत्रो ठूलो महान् कार्य हामी एक्लै पूरा गर्न सक्छौं भन्ने भ्रममा हामी छैनौं । सबैको सहमति र सहयोग चाहन्छौं,’ उनले भने । उनले कांग्रेस सरकारमा सहभागी नभए पनि बाँकी ८१ प्रतिशतको समर्थन रहने सरकार राष्ट्रिय सरकार हुने दाबी गरे ।

देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीले विगतमा गरेका सहमतिहरूको कार्यान्वयन नगरेका र राजनीतिक सहमतिको राष्ट्रिय सरकार बनाउन चासो नदेखाएका कारण प्रधानमन्त्रीका लागि चुनाव हुन लागेको बताए । उनले भने, ‘बाहिर एउटा कुरा गर्ने तर भित्रभित्र कांग्रेस सरकारबाहिरै रहोस् भन्ने माओवादी चाहनाले सहमति हुन सकेन ।’
राष्ट्रपति चुनावमा कांग्रेस, एमाले र फोरमबीच भएको गठबन्धनलाई अपवित्र भनेको माओवादीले अहिले त्यस्तै गठबन्धन बनाएर आफ्नो पार्टीलाई एक्ल्याएको आरोप पनि पौडेलले लगाए । ‘रातो झन्डा ओढ्दैमा सबै पवित्र हुने र रातो झन्डा नओढे अपवित्र हुने राजनीति सुरु भएको छ,’ उनले भने । कांग्रेस महामन्त्री विमलेन्द्र निधिले कांग्रेसबाहेकको सरकार सहमतिको राष्ट्रिय सरकार हुन नसक्ने बताए ।
भारत र जापानको शुभकामना
पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतान्त्रिक नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएकोमा मित्र राष्ट्र भारत र जापानले शुभकामना पठाएका छन् । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालका नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई छिट्टै नयाँदिल्लीमा स्वागत गर्ने इच्छा व्यक्त गरेका छन् । त्यस्तै जापान सरकारले पनि प्रचण्डलाई बधाई दिँदै भविष्यमा नेपाललाई सहयोग गर्ने र सम्बन्ध बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

August 6, 2008

पोखरामा श्रृंखलाबद्ध बम विस्फोट, पाँच घाइते

Filed under: Uncategorized

पोखरामा श्रृंखलाबद्ध बम विस्फोट, पाँच घाइते

पोखरा साउन २२/पोखरामा बुधबार राती श्रृखंलाबद्ध बम विस्फोट भएको छ । बम विस्फोटले पोखरा निकै तनावग्रस्त बन्न पुगेको छ । खाना खाएर आराम गरिरहेका पोखराबासी एकघण्टाको बीचमा दुईवटा बम विस्फोट भएपछि रात्री जीवन आतंकित बनेको छ ।
बुधबार साँझ सात बजेर ४० मिनेटको समयमा पोखरा उपमहानगरपालिका सभागृह चोक अगाडि बम विस्फोट भएको थियो । टिनले छाएको ‘खाजा सेन्टर’मा पहिलो बम विस्फोट भएको थियो । उक्त विस्फोटको एकघण्टापछि साढे ८ बजे अर्को बम झण्डै सयमिटर पर जाल्पारोडमा ठुलो आवाजमा विस्फोट भएको थियो ।
खाजा सेन्टरमा भएको विस्फोटमा परी ५ जना घाइते भएका छन् । ५ वषिर्या सुजिना सुवेदी, लोट्स एकेडेमीमा अध्ययनरत विश्वास गुरुङ, चिजा परियार, भीमबहादुर परियार, मिठु तिमिल्सिना घाइते भएका छन् । गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य चारजना घाइतेको सृजनाचोकस्थित फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ ।
पाँच वषिर्या सुवेदीको शरीरै भरी र्छराले लागेको छ । अन्यको भने हात र खुट्टामा र्छराको चोट लागेको अस्पतालले जनाएको छ । बम विस्फोटबाट जोडिएको पक्कीघरमा समेत क्षति पुगेको छ भने सडकमा पार्किङ गरी राखिएको ग १ च १६२० नम्बरको रातो प्लेटको कारमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचारकै क्रममा सभागृह र सृजनाचोकको बीचमा रहेको जाल्पा रोडमा साढे ८ बजे विस्फोट भएको थियो । न्यु होटल कालिका एण्ड रेष्टुरेण्ट छिर्ने गल्लीमा विस्फोट भएको थियो । विस्फोटबाट रेष्टरेण्टको शटरमा क्षति पुगेको छ । स्टिलको भाडाभित्र राखिएको कन्केभ बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटपछि चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।
स्थानीय प्रत्यक्ष दर्शीका अनुसार मोटरसाइकलमा आएका यूवाले राखेर हिडेको केहि समयपछि उक्त बम बिस्फोट भएको बताएका छन । मोटरसाइकलमा आएका दुईजना युवाले बम फालेर भागेको प्रत्यक्षदर्शीले बताए । ‘खाजा सेन्टरसँगै जोडिएको घरमा बसेका थियौं । एक्कासी ठुलो आवाजले पडकियो ।’ सुवेदीका दाजु राजेन्द्र पौडेलले भने-’टिनले मात्रै बारेको थियो भाग्यले बाँचियो ।’ परियारद्वय र मिठु तिमिल्सिना सेन्टरकै अगाडि फुटपाथ पसल गर्दै सञ्चालन गर्दै आएका थिए ।
बिस्फोट होटलमा भएका कारण ग्याँस बिस्फोट भएको अनुमान गरिएको थियो । बम र ग्यास विस्फोटको निक्र्यौल नहुदै अर्को विस्फोट हुदाँ पोखराको जनजीवन निकै त्रस्त बनेको थियो । प्रहरीले एक घण्टाको बीचमा दुईवटा विस्फोट भएपछि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । बम विस्फोट वरिपरी जनपद, शसस्त्र र माओवादी भातृ संगठन वाइसियल परिचालन गरिएको छ भने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
‘एक घण्टामा दुईवटा विस्फोट भएको छ । हामीले यसलाई गम्भीर रुपमा लिएका छौं ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी भोजराज ओझाले भन्नुभयो-’अनुसन्धान जारी छ तत्कालै कसले गर्‍यो भन्न सकिन्न ।’
 माओवादी शान्ति वार्तामा सहभागितापछि पोखरामा विस्फोट भएको यो पहिलो हो । अन्य शहरको तुलनामा निकै शान्त रहेको पोखरामा एक्कासी दुईवटा बम विस्फोट भएपछि तनावग्रस्त बनेको छ । पोखरेलीको न्रि्रा समेत हराएको छ । प्रहरीले रातीसम्म झण्डै ३० जनालाई शंकास्पद रुपमा पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।

August 2, 2008

‘माओवादीको पेश गर्यो राष्ट्रिय सहमतिको सरकार संचालनका लागि अबधारणापत्र’

Filed under: Uncategorized

 राष्ट्रिय सहमतिको सरकार संचालनका लागि अबधारणापत्र’
१८ साउन, काठमाण्डौं । नेकपा माओबादीले राष्ट्रिय सहमतिको सरकार बनाउन २४ दलसमक्ष न्यूनतम साझा कार्यक्रम सहितको अबधारणापत्र पेश गरेको छ ।
संविधानसभाको निर्वाचनवाट सवैभन्दा ठूलो दल वनेको माओवादीले आज आफ्नो नेतृत्वको सरकारले गर्ने न्यूनतम साझा कार्यक्रम र कार्ययोजना समेटिएको खाका सहकर्मी दलसमक्ष पेश गरेको हो । नयाँ सरकार गठनका लागि सवै विकल्प खुला गरेको माओवादीले साझा सहमतिका आधारमा सरकार बनाउने प्रयोजनका लागि अवधारणा ल्याएको हो ।
माओबादी केन्द्रिय कमिटिको बैठकले दुई दिन लगाएर तयार पारेको नीति कार्यक्रममा राष्ट्रियता र राष्ट्रिय हितको सम्वर्धन,संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र राज्यको पुनःसंरचना, दिगो शान्ति र शान्ति-सुरक्षाको प्रत्याभूति, तात्कालिक राहत र पुनःनिर्माण, क्रान्तिकारी सुधार तथा आर्थिक-सामाजिक रुपान्तरण गरी पाँच खण्ड समावेश गरिएको छ ।
सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेसले भने सो अवधारणाप्रति असहमति जनाएको छ । कांग्रेसका नेता अर्जुननरसिंह केसीले अन्य दलसंग छलफल नगरी माओबादीले ल्याएको एकलौटी प्रस्तावप्रति आफ्नो दल असहमत रहेको बताउनुभएको छ ।
नेकपा एमालेका नेता भीम रावलले माओबादीले प्रस्तुत गरेको मस्यौदामा पार्टीभित्र छलफल गरेपछिमात्रै औपचारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो । यद्यपि साना दलहरुले भने माओबादी प्रस्तावलाई सकारात्मक भन्दै उसलाई सघाउने प्रतिक्रिया दिएका छन ।
माओवादी प्रवक्ता कृष्णवहादुर महराले अग्रगमन र शान्ति प्रकृयालाइ तार्किक निष्र्कषमा पुर्‍याउन यो प्रस्ताव प्रर्याप्त भएको दावी गर्नुभयो । अन्य दलहरुले आन्तरिम छलफल गरेपछि पुनः २५ दलको वैठक वसेर यसवारे छलफल हुने महराले जानकारी दिनुभयो ।
यसअघि आजै माओबादीले मधेसी जनअधिकार फोरमको नेतृत्वसंग छुट्टै छलफल गरेको थियो । छलफलमा २५ दलकै सहभागितामा सरकार निर्माण गर्न फोरम सहमत भएपनि उसले मधेस मुद्धालाई संबोधन गर्नुपर्ने अडान राखेको छ ।

आजै संबिधान सभामा प्रतिनिधित्व गर्ने साना १२ दलले समेत राष्ट्रिय सहमतिको सरकारमा जोड दिदै त्यस्तो सरकार निर्माण भए माओबादीलाई सहयोग गर्ने निर्णय गरेको छ ।

माओवादी प्रस्तावको पूर्णपाठ
राष्ट्रिय सहमतिको सरकार संचालनका लागि साझा न्यूनतम कार्यक्रम
(प्रस्तावित मस्यौदा)
नेपाली जनताले अनेकौं पटक गरेका ऐतिहासिक क्रान्तिकारी संघर्ष र जनआन्दोलनको दिशा निर्देशनलाई आत्मसात् गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनलाई हार्दिक स्वागत गर्दै,
विगतमा राजनीतिक दलहरुका बीचमा भएका विस्तृत शान्ति सम्झौता लगायत विभिन्न सम्झौता, सहमति र निर्णयहरुलाई हृदयंगम गर्दै,
संविधानसभाको ऐतिहासिक निर्वाचनमा अभिव्यक्त जनताको अभिमत तथा संविधानसभाको संरचनालाई मनन गर्दै र जनमुखी संविधान निर्धारित समयमा निर्माण गर्नुपर्ने दायित्वलाई आत्मसात गर्दै,
नेपालको अन्तरिम संविधान, २०६३ मा गरिएको व्यवस्था तथा नेपाली जनताको आमूल परिवर्तन र आर्थिक समृद्धिको चाहनाको सम्मान गर्दै,
राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र हित एवं क्षेत्रीय अखण्डता तथा समावेशी बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, संघीय लोकतान्त्रिक गणतन्त्र, मानव अधिकार, सामाजिक न्याय, अग्रगमन, दिगो शान्ति जस्ता मूल्य र मान्यताहरु प्रतिको प्रतिबद्धतामा पुनः जोड दिदै,
आपसी एकता, समझदारी र सहकार्यलाई बलियो बनाउँदै जनताका चाहना, माग र भावना एवं राष्ट्रिय आवश्यकता अनुरुप सबल र समृद्ध नेपालको निर्माण गर्न सरकार संचलनका लागि यो साझा सहमतिको न्यूनतम् कार्यक्रममा सहमत भई अगाडि बढ्न तत्पर भएका छौं ।
क) राष्ट्रियता र राष्ट्रिय हितको सम्वर्धन
१) नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता, स्वतन्त्रता, अखण्डता र स्वाधीनताको रक्षाका लागि क्रियाशील रहादै राष्ट्रिय हित र स्वाभिमानको संरक्षण गरिनेछ । राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति र जलस्रोतको सम्बन्धमा राष्ट्रिय सहमति निर्माण गरी राष्ट्र र जनताको सर्वोत्तम हितमा उपयोग गरिनेछ । यसका लागि अन्य देशहरुसंग भएका सन्धि-सम्झौताहरुको पुनरावलोकन गरी आवश्यकता अनुसार फेरबदल वा खारेज गर्न पाइला चालिनेछ ।
२) राष्ट्रिय हित, संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तका आधारमा विदेश नीतिको संचालन गरिनेछ । नेपालको आर्थिक विकास र जनताको जीवनस्तर माथि उठाउने प्रयोजनको लागि विदेश सम्बन्ध संचालन गर्नेतर्फ विशेष जोड दिइनेछ ।
३) छिमेकी मुलुकहरुसंगको मैत्रीपूर्ण सम्बन्धलाई विशेष महत्व दिदै नेपालको विकास अभियानमा योगदान पुर्‍याइरहेका देश र संघ-संस्थाहरुसंगको सम्बन्धलाई महत्वका साथ प्रगाढ तुल्याइनेछ । संयुक्त राष्ट्र संघ र यसका विभिन्न अंगहरुसंगको सम्बन्धलाई सुदृढ बनाइनेछ ।
४) नेपालको विदेश नीतिलाई परिवर्तित राजनीतिक परिस्थिति र लोकतान्त्रिक गणतन्त्रको उद्देश्य अनुरुप पुनर्पंरिभाषित गर्दै वैदेशिक सेवा र परराष्ट्र मन्त्रालयको कामलाई मुलुकको वर्तमान आवश्यकता अनुरुप पुनव्र्यवस्थित गरिनेछ ।
५) नेपालमा शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरुलाई स्वदेश फर्काउन र त्यसनिम्ति अन्तर्राष्ट्रिय सहयोग समेत जुटाउन एकताबद्ध प्रयत्न गरिनेछ ।
ख) संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र राज्यको पुनःसंरचना
१) २०६५ साल जेठ १५ गते संविधानसभाबाट भएको संघीय लोकतात्रिक गणतन्त्रको कार्यान्वयनको घोषणा अनुरुप देशलाई आगाडि बढाइने छ । यस मान्यतासंग मेल नखाने वा बाझिने सबै कानून, नियम, रीति-स्थिति र प्रचलन खारेज गरिनेछन् ।
२) सामन्तवादका सबै रुपहरुको अन्त्य गर्ने दिशामा दृढताका साथ अघि बढ्दै संविधानसभाको पहिलो बैठकबाट नारायणहिटी दरबार परिसरलाई संग्रहालयमा परिणत गर्नुका साथै तत्कालिन राजदरबार अन्तर्गत रहेको सबै सम्पत्तिलाई राष्ट्रिय हितमा उपयोग गर्ने भनी गरिएको घोषणाको कार्यान्वयनका लागि ठोस कार्ययोजना लागू गरिनेछ । पूर्व राजा र निजका परिवारका सदस्यहरुका नाममा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरी स्वदेश र विदेशमा लुकाएर राखिएको सम्पत्तिको खोजी गरी राष्ट्रियकरण गरिनेछ ।
३) संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुदृढ तुल्याउन जनमुखी संविधानको निर्माणमा संयुक्त रुपमा सशक्त भूमिका निर्वाह गरिनेछ ।
४) नेपालको अन्तरिम संविधान, २०६३ को प्रस्तावनामा उल्लेखित प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था, मानव अधिकार, नागरिक र मौलिक अधिकार, वाक र प्रकाशन स्वतन्त्रता तथा कानूनी राज्यको अवधारणालाई व्यवहारिक रुपले स्थापित गरिनेछ । उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको लोकतान्त्रिक र मानव अधिकार सुनिश्चित गर्न विशेष ध्यान दिइनेछ ।
५) विभिन्न समयमा मधेसी, आदिवासी-जनजाति लगायतका राजनीतिक दल र संघ-संस्थाहरु संग भएका सहमति समेतलाई ध्यान दिदै राज्यको पुनःसंरचना आयोगको निर्माण गरी विशेषज्ञहरुको राय लिई नेपाललाई संघात्मक प्रणालीमा रुपान्तरण गरिनेछ । यसो गर्दा विभिन्न जाति र क्षेत्रकोे भाषा, संस्कृति, प्राकृतिक श्रोत, जनसंख्याको विविधता वा एकरुपता, आर्थिक विकासको संभाव्यता, स्वायत्तता र आदिवासी-जनजातिका लागि संयुक्त राष्ट्र संघको आत्म-निर्णयको मान्यताको सम्मान गरिनेछ ।
६) अग्रगामी मान्यता र सामाजिक न्यायको सिद्धान्तको आधारमा राज्यका सबै अंग र तहहरुमा महिला, दलित, आदिवासी-जनजाति, मधेसी पिछडिएका क्षेत्र आदिका समुदायको समानुपातिक समावेशीकरण गरिनेछ । राज्य संचालनको समग्र प्रक्रियालाई सोही अनुरुप अगाडि बढाउन नियम-कानूनमा परिवर्तन गरिनेछ वा नयाा कानूनको तर्जुमा गरिनेछ ।
७) साधन र स्रोतको विनियोजनको दृष्टिबाट उचित हिस्सा प्राप्त गर्ननसकेका पिछडिएका क्षेत्रहरुका लागि न्यायोचित किसिमले राजस्व तथा अन्य साधन र स्रोतको बााडफााड गरिनुका साथै केन्द्र र प्रान्तहरुका बीच साधन र स्रोतको समुचित रुपमा बााडफााड गरिनेछ । यसरी राज्यको पुनः संरचनाको मान्यतालाई आर्थिक क्षेत्रमा पनि लागू गरिनेछ ।
८) नया संविधानमा अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय निकायहरुको राजनीतिक सहमतिको आधारमा
अन्तरिम व्यवस्थाका रुपमा गठन गर्नुका साथै तिनको सशक्तिकरण, उत्तरदायित्व र पारदर्शितामा जोड दिदै
तिनलाई साधन-स्रोतसम्पन्न्ा तुल्याई क्रियाशील तुल्याइनेछ ।
९). विद्यमान सरकारी प्रशासनलाई जनउत्तरदायी, सक्षम, निष्पक्ष, पारदर्शी वनाउन तथा संघीय प्रणाली अनुरुप ढाल्न प्रशासन पुनर्संरचना आयोग गठन गरिनेछ ।
१०). ठूलालाई चैन र सानालाई ऐन रहेको वर्तमान न्याय-प्रणालीमा आमूल परिवर्तन गर्न आवश्यक कदम चालिनेछ ।
ग) दिगो शान्ति र शान्ति-सुरक्षाको प्रत्याभूति
१) विस्तृत शान्ति सम्झौता लगायतका सम्झौता, सहमति र निर्णयहरुको कार्यान्वयन गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याइनेछ । मुलुकमा उत्पन्न सबै द्वन्द्व र समस्याहरुलाई वार्ता र संवादको आधारमा शान्तिपूर्ण किसिमले व्यवस्थापन एवं समाधान गरिनेछ ।
२) जनमुक्ति सेनाका लडाकूहरु र हतियारको व्यवस्थापनका सम्बन्धमा विस्तृत शान्ति सम्झौता तथा नेपाल सरकार र नेकपा -माओवादी) बीच भएको सम्झौताका प्रावधानहरुलाई ध्यानमा राखी ३ देखि ६ महिना भित्र जनमुक्ति सेनाका लडाकुहरुको समायोजन तथा पुनःस्थापन र हतियारको व्यवस्थापन गरिनेछ ।
३). नयाँ लोकतान्त्रिक गणतान्त्रिक मूल्यामान्यता र परिस्थिति अनुरुप नयाँ राष्ट्रिय सुरक्षा नीति तय गर्न तथा सुरक्षा क्षेत्रको पुनर्संरचना गर्न उच्च स्तरीय सुरक्षा आयोग गठन गरिनेछ । शान्तिकालमा सेनालाई विकास निर्माणको काममा परिचालन गर्ने नीति लागू गरिनेछ ।
४) शान्ति सम्झौतामा उल्लेखित राष्ट्रिय शान्ति तथा पुनःस्थापन आयोग, उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग, राज्यको पुनःसंरचनासम्बन्धी उच्चस्तरीय सुझाव आयोग, वेपत्ता पारिएकाहरुको खोजी गर्ने आयोग र भूमि सुधार आयोगको गठन गरिनेछ । भएका सहमति र सम्झौताहरुको परिपालना तथा कार्यान्वयनको अनुगमनको काम राष्ट्रिय शान्ति तथा पुनःस्थापन आयोगले गर्ने व्यवस्था मिलाइनेछ ।
५) समाजमा शान्ति सुरक्षाको व्यवस्था सुदृढ तुल्यााई विभिन्न अपराध र अराजकताको नियन्त्रण गरिनेछ र
दण्डहीनता समाप्त गरिनेछ । जनतालाई शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन र सुरक्षा निकाय
लगायतका सबै राज्य संयन्त्रलाई निष्पक्ष र जबाफदेही बनाउन आचार संहिता बनाई लागू गरिनेछ । शान्ति-सुरक्षा कायम गर्न जनसहभागिता सुनिश्चित गर्ने विधि अवलम्वन गरिनेछ ।
घ) तात्कालिक राहत र पुनःनिर्माण
१) शहीद तथा वेपत्ता परिएकाहरुका परिवारलाई राहत, हिंसात्मक द्वन्द्वबाट प्रभावित र विस्थापितहरुको पुनस्र्थापन, द्वन्द्वका कारण क्षति भएको प्रमाणित भई क्षतिपूर्ति नपाएका व्यक्तिहरुलाई क्षतिपूर्ति दिइनेछ । हिंसा र द्वन्द्वबाट पीडित तथा विस्थापितहरुको उद्धार, राहत, पुनःस्थापना र सहायताको लागि विशेष कोषको व्यवस्था गरिनेछ । पीडित क्षेत्रका जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउन जनसहभागितामूलक कार्यक्रम संचालन गरिनेछ ।
२) जनयुद्ध र जनआन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाहरुको उपचार व्यवस्था मिलाईनेछ ।
३) द्वन्द्वका कारण नष्ट भएका भौतिक संरचनाहरुको पुनर्निर्माणको कार्यक्रमलाई उच्च प्राथमिकताका साथ
कार्यान्वयन गरिनेछ ।
४) बढ्दो महंगी नियन्त्रण गरी खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत जनताका अत्यावश्यक दैनिक उपभोग्य
वस्तुहरुको सहज र सुलभ आपूर्तिको व्यवस्था मिलाई त्यसको अनुगमन गरिनेछ । मजदूर, सुकुम्वासी र गरीवीको रेखामुनी रहेका जनतालाई अत्यावश्यक वस्तुहरु सुपथ मूल्यमा वितरण गर्ने ‘सार्वजनिक वितरण प्रणाली’ को व्यवस्था गरिनेछ ।
५) प्राकृतिक प्रकोप र द्वन्द्वको कारण मर्कामा परेका तथा गरीवीको रेखामुनि रहेका साना किसान र साना घरेलु
उद्यमीहरुले लिएको निश्चित सीमाको ऋण रकम मिनाहा गरिनेछ ।
ङ) क्रान्तिकारी सुधार तथा आर्थिक-सामाजिक रुपान्तरण
१) जनमुखी र लोककल्याणकारी सिद्धान्तमा आधारित अर्थव्यवस्थाको बाटो अवलम्बन गर्दै निजी क्षेत्र संगको
साझेदारी र सहभागितमा विभिन्न विकास-निर्माण लगायतका आर्थिक कार्यक्रमहरु संचालन गरिनेछ ।
२) गरिबी, वेरोजगारी, अल्पविकास, असमानता, परनिर्भरता निवारणका निम्ति विकासका प्रयासहरु केन्दि्रत गर्दै सामाजिक न्याय, आर्थिक बृद्धि तथा न्यायोचित वितरणमा आधारित आर्थिक एवं सामाजिक नीति र कार्यक्रम बनाइनेछ । यसमा राज्य, सहकारी र निजी क्षेत्रको समन्वयकारी भूमिका रहनेछ ।
३). राष्ट्रिय योजना आयोगको पुनर्गठन गरिनेछ । जनभावना तथा देशको आवश्यकता अनुरुप तत्कालिन, अल्पकालिन, मध्यकालिन र दीर्घकालिन विकास कार्यक्रम तथा रणनीति तयार गरी लागू गरिनेछ ।
४) कृषि, जलविद्युत, पर्यटन, मानव संसाधन र भौतिक पूर्वाधारको विकासलाई उच्चतम् प्राथमिकता दिइनेछ । उद्योग, बैंक तथा वित्तीय व्यवसाय, यातायात, संचार लगायतका क्षेत्रमा सुधार कार्यक्रमहरुलाई व्यापक रुपमा एक साथ संचालन गरिनेछ ।
५) क्रान्तिकारी भूमिसुधार लागू गरी कृषिमा सामन्ती भू-स्वामित्वको अन्त्य गरिनेछ । समग्र भू-उपयोग नीति लागू गर्दै जमीनमा भूमिहीन किसानको पहुाच कायम गरिनेछ । सहकारी क्षेत्रको विकासमा जोड दिइनेछ । कृषि मजदुर, मुक्त कमैया र भूमिहीन-सुकुम्वासी जनताको आर्थिक र सामाजिक उत्थानका लागि विशेष ध्यान दिइनेछ । कृषि क्षेत्रको विकास र औद्योगिकिकरणलाई उच्च प्राथमिकता दिदै दीर्घकालीन कृषि योजनाको कार्यान्वयन गरिनेछ । भू-सूचना प्रणालीको आधारमा पिछडिएका क्षेत्र र समुदायमा राज्यले बढी लगानी गर्नेछ ।
६). राष्ट्रिय औद्योगिकीकरणलाई उच्च प्राथमिकता दिइनेछ । रुग्ण उद्योगहरुलाई पुनःसञ्चालन गर्न विशेष जोड दिइनेछ । साना तथा घरेलु उद्योगहरुलाई विशेष प्रोत्साहन गरिनेछ । औद्योगिक शान्ति कायम गर्दै लगानीको वातावरण सिर्जनागर्न विशेष व्यवस्था गरिनेछ ।
७) जनतालाई सेवा प्रदान गर्नुपर्ने संस्थानहरुको व्यवस्थापनमा सुधार गरी सस्तो, सुलभ र प्रभावकारी सेवा
उपलब्ध गराइनेछ । राष्ट्रिय हितमा औद्योगिकीकरण र विकासका लागि स्वदेशी तथा विदेशी लगानीलाई
आकषिर्त गरिनेछ एवं विदेशी सहयोग र अनुदान प्राथमिकताका क्षेत्रमा प्रवाहित गरिनेछ ।
८). लोडसेडिङको अन्त्य गर्न र ग्रामीण विद्युतीकरणमा विशेष जोड दिइनेछ । साना तथा मझौला जलविद्युत योजना आन्तरिक लगानीवाट र ठूला तथा निर्यातमूलक योजना विदेशी लगानीवाट सम्पन्न गर्ने नीति अनुसरण गरिनेछ ।
९) कानून-नियमको समेत अवज्ञा गर्दै नियतबस ठूला ऋणीहरुले ऋण नतिर्ने कुरालाई गम्भीर रुपमा लिई
कडाइका साथ ऋण असुल गरिनेछ ।
१०) कानूनी राज्यको सिद्धान्त अनुसार राज्यको संचालन गर्दै सुशासनको प्रत्याभूति दिने, प्रशासनिक सुधार मार्फत जनतामा शासनको पहुाच र सेवाको विस्तार गरिने छ । निजामति सेवा एवं सुरक्षा निकायलाई निष्पक्ष, पेशागतरुपमा दक्ष र प्रतिबद्ध बनाइनेछ । ढिलासुस्तिको अन्त्य, पारदर्शिता र सुशासनको कार्यलाई अगाडि बढाइने छ । दण्डहीनताको अन्त्य गरिनेछ ।
११) भ्रष्टाचार नियन्त्रणको कार्यलाई प्रभावकारी बनाइनेछ । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवं न्याय सम्पादनसंग सम्बन्धित निकायहरुलाई सुदृढ र प्रभावकारी बनाइनेछ । यस कार्यमा आम जनताको सहयोग र सहभागिता सुनिश्चित गरिनेछ । यसको लागि आवश्यक सुधार-कार्यक्रम लागू गरिनेछ ।
१२) राज्यका विभिन्न अंग तथा राष्ट्रिय जीवनका प्रत्येक क्षेत्रमा महिला सहभागितामा बृद्धि गरिनेछ ।
आदिवासी जनजाति, मधेशी, दलित, उत्पीडित, विपन्न वर्ग, अपांग तथा पिछडिएका क्षेत्रका जनताको शिक्षा,
स्वास्थ्य र रोजगारीका लागि विशेष कार्यक्रम लागू गरिनेछ ।
१३) जनसहभागितामूलक राष्ट्रिय साक्षरता अभियान संचालन गरिनेछ । जनताको पहुाचभित्र रहने गुणस्तरीय,
रोजगारमूलक, व्यावसायिक र प्राविधिक शिक्षामा विेशेष जोड दिइनेछ । प्राथमिक र अनौपचारिक शिक्षामा
सरकारी लगानी बृद्धि गरिनेछ । माध्यमिक तहसम्म शिक्षा सबै नागरिकले पाउने मौलिक हक सुनिश्चित गरिनेछ ।
१४) प्राथमिक र आधारभूत स्वास्थ्यलाई जनताको मौलिक हकका रुपमा सुनिश्चित गरिनेछ । आम जनताका
लागि स्वास्थ्य सेवालाई सुलभ र सहज बनाउन ग्रामीण स्वास्थ्यमा लगानी बृद्धि गर्दै सामुदायिक स्वास्थ्य नीति अवलम्बन गरिनेछ । खानेपानी, सरसफाई तथा ग्रामीण पूर्वाधार निर्माणका कार्यक्रममा सरकारी बजेट तथा संलग्नता बृद्धि गरिनेछ ।
१५) उत्पीडित तथा पिछडिएका वर्ग, समुदाय र क्षेत्रका जनताको विकासका लागि सामाजिक सुरक्षा लगायतका विशेष कार्यक्रमहरुलाई कार्यान्वयन गरी समानुपातिक विकासको अवधारणा अनुरुप दुर्गम-पिछडिएका क्षेत्रको .विकासका लागि ठोस कार्यक्रम लागू गरिनेछ ।
१६) तराई-मधेस, पहाड र हिमाल तथा गाउँ र शहर वीचको सन्तुलित विकासमा ध्यान दिंदै कणर्ाली क्षेत्रको विकासका लागि विशेष कार्यक्रम र संयन्त्र निर्माण गरिनेछ । विकास र अवसरका दृष्टिले पछाडि परेका मध्यपश्चिामाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका लागि विशेष कार्यक्रम लागू गरिनेछ ।
१७) पूरै देशलाई छुवाछुत मुक्त इलाका घोषणा गरिनेछ । दलित विरुद्धको सामाजिक भेदभाव र छुवाछुतलाई दण्डनीय अपराधको रुपमा लिदै कडा कार्वाईको व्यवस्था गरिनेछ । यस समुदायको उत्थानको लागि विशेष अधिकारको व्यवस्था गरिनेछ ।
१८) महिला विरुद्धका सबै विभेदहरुलाई समाप्त गर्दै बलात्कार, घरेलु हिंसा र बेचविखन जस्ता अपराधमा कडा कार्वाईको व्यवस्था गरिनेछ । महिला विकास, समानता र अवसर सिर्जनाको लागि विशेष कार्यक्रमको निर्माण गरी कार्यान्वयन गरिनेछ ।
१९) अपाङ्गहरुको लागि भत्ताको व्यवस्था गरिनेछ । बृद्ध र असहाय विधवाहरुको लागि दिइदै आएको भत्तामा बृद्धि गरिनेछ । हाल कायम ७५ वर्षको प्रावधानमा परिवर्तन गरी ७० वर्ष पुगेका बृद्धहरुलाई बृद्ध भत्ताको व्यवस्था गरिनेछ र बृद्धाश्रमको व्यवस्था गर्दै लगिनेछ । बृद्ध-बृद्धाहरुका अनुभवहरु राज्य संचालनका विविध क्षेत्रमा तथा सामाजिक सभ्यताको अभिबृद्धिमा उपयोग गरिनेछ ।
२०). युवाहरुको समस्या समाधानकालागि व्यवस्थित योजना वनाउन एक उच्च स्तरीय युवा आयोगको गठन गरिनेछ ।
२१) रोजगारीलाई नगारिकहरुको मौलिक हकका रुपमा लिइनेछ । श्रमिकहरुको पेशागत हक र सुरक्षाको प्रत्याभूति तथा उद्योग-व्यवसायको उत्पादकत्व बृद्धि गर्न श्रम कानूनमा आवश्यक सुधार गरी कार्यान्वयन पक्षलाई सबल तुल्याइनेछ । वैदेशिक रोजगारी लाई व्यवस्थिति तुल्याउदै सरल किसिमले सर्वसाधारण जनताको पहुाचमा ल्याइनेछ । स्वरोजगार व्यवसाय सञ्चालन गर्न चाहनेहरुलाई विना धितो कर्जा उपलव्ध गराइनेछ । वेरोजगारहरुको लगत तयार गर्न श्रम विनियम केन्द्रहरुको स्थापना गरिनेछ ।
२२) धर्म, भाषा र संस्कृतिको क्षेत्रमा रहेका सबै प्रकारका भेदभावहरुलाई पूर्णरुपमा समाप्त गरिनेछ । सबै जाति र जनजातिका भाषा तथा संस्कृतिको संरक्षण-सम्बर्द्धन एवं विकासका लागि विशेष व्यवस्था गरिनेछ । मुस्लिम समुदायको समग्र हित र विकासको लागि एक शक्तिशाली राष्ट्रिय मुस्लिम आयोग गठन गरिनेछ ।
२३) प्रवासी नेपालीहरुको हक-हितको राज्यद्वारा संरक्षण गर्ने व्यवस्था गर्नुका साथै उनीहरुको शीप र पूाजी स्वदेशमा लगानी गर्न प्रोत्साहित गरिनेछ । यस सन्दर्भमा गैर-आवासीय नेपालीहरुले अगाडि सारेका दोहोरो नागरिकता लगायतका मागहरु पूरा गर्दै नेपालको विकास अभियानमा उनीहरुको संलग्नता कायम गरिनेछ ।
२४). वैज्ञानिक तथा प्राविधिक प्रतिभा पलायन (brain drain )रोक्न राज्यको तर्फवाट विशेष कार्यक्रम ल्याइनेछ ।
२५). किसान, मजदूर, विद्यार्थी, शिक्षक, महिला, उद्यमी-व्यवसायी, वुद्धिजीवी, सांस्कृतिककर्मी, डाक्टर, इञ्जिनीयर, वकिल, कर्मचारी, प्राध्यापक, सुकुम्वासी, मुक्त कमैया, वादी, मुस्लिम, अपांग लगायत विभिन्न समुदायका जायज मागहरु वार्ता सम्वादद्धारा हल गरिनेछ ।
२०६५।४।१८
काठमाण्डौ ।
 
 
(नेकपा माओवादीले साउन १८ गते सहकर्मी २४ दलसमक्ष पेश गरेको आगामी सरकार संचालनको खाका)

 

August 1, 2008

तीर्थयात्रामा बद्रीनाथ गएका ३३ नेपालीको दुर्घटनामा मृत्यु

Filed under: Uncategorized

हिजो बिहानको समयमा तर्ीथयात्रा सम्पन्न गरी नेपाल फर्किने क्रममा अरनिको यातायातको बा२ख २३९१ नम्बरको बस भारतको देहरादुनभन्दा तीन सय किलोमिटर टाढा चमौली जिल्लाको अलखानन्द नदीमा खसी दर्ुघटनाग्रस्त भएको थियो । उक्त बसमा ४० जना नेपाली तर्ीथयात्री सवार थिए । जसमा ३६ जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएको बुझिएको छ । दर्ुघटनामा मृत्यु भएकामध्ये २६ जना महिला छन् । मृतकमध्ये अधिकांश काभ्रेको पनौतीवासी र उनीहरुका आफन्त ललितपुरको झम्सीखेलका चार तर्ीथयात्रीको त्यस्तै हेटौंडाका दर्ुइ तर्ीथयात्रीको पनि मृत्यु भएको बुझिएको छ ।
भारी वषर्ाका कारण सडक चिप्लो भएकाले बस अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिसकेको छ । ३३ जनाको सनाखत भएको बताइएको छ । घाइते भएका ४ जनाको उपचार भइरहेको छ ।
यता, काभ्रेको पनौतीबाट भारतको तर्ीथाटनमा भएको बस दर्ुघटनामा परी ठूलो संख्यामा यात्रु हताहत भएको खबर पाएपछि तर्ीथ गएका पनौतीमा रहेका आफन्तजनमा रुवावासी चलेको छ भने पनौती नै स्तब्ध भएको छ । गत असार २७ गते बद्री केदारको तर्ीथका लागि पनौतीबाट ३ वटा बस रिजर्भ गरेर तर्ीथालुहरू भारततर्फगएका थिए । दर्ुघटनाको खबर सुनेपछि पनौती नगरपालिकाको ५, ६ र ८ वडा शोकमा डुबेको छ । उनीहरूले हिजो बेलुकादेखि खाना खाएका छैनन् भने रातभर नसुती जाग्राम बसेको बताइएको छ । अहिले पनि त्यहाँ रुवावासी चलिरहेको छ । मृतक र घाइतेहरुको पहिचान र उद्धार पछिल्लो गाडीमा आएका पनौतीकै तर्ीथालुहरुले गरेको बताइएको छ ।
पहिचान भएका मृतकहरु यसप्रकार छन्
नेत्रकुमारी बराल, सिताराम श्रेष्ठ, मिना श्रेष्ठ, पुष्कर सुवेदी, रमा सुवेदी, चनमती, रुकु, अलिया श्रेष्ठ, गीता श्रेष्ठ, अल्फनारायण श्रेष्ठ, सीता न्यौपाने, नन्दकुमार मानन्धर, सीता मानन्धर, नानुमैया तामाङ, नानु थापा, भरत सुवेदी भगवती सुवेदी, रामकृष्ण कार्की, बाबुकाजी कार्की, बालगोपाल विष्ट, कल्पना कार्की, दर्ुगाबहादुर बस्नेत, कमला बस्नेत, सेतीनारायण मानन्धर, विकास विष्ट, अनन्तनारायण न्यौपाने, श्रीधर सुवेदी, मुक्ति मानन्धर, माधवनारायण मानन्धर, केशव धामी, गोपाल केसी, पुरुषोत्तम सुवेदी र चन्द्रकुमारी थापा रहेका छन् ।

गृहको अनुदान लिनेमा राजाका मामादेखि शान्तिमन्त्री रामचन्द्र पौडेलकी पत्नीसम्म

Filed under: Uncategorized

गृहले बाँड्यो ११ करोड
गृह मन्त्रालयले वरिष्ठ मन्त्रीकी श्रीमतीदेखि सामाजिक सेवा तथा अनुदानका नाममा एक वर्षमा करिब ११ करोड रुपैयाँ बाँडेको छ । अनुदान लिनेमा शान्तिमन्त्री (अहिले कार्यवाहक प्रधानमन्त्री) रामचन्द्र पौडेलकी श्रीमतीदेखि पूर्वराजा ज्ञानेन्द्रका मामा सुशीलशमशेर राणाको कम्पनीसम्म छन् ।
मन्त्रिपरिषद्बाट निर्णय नै गराएर गृहले पैसा बाँडेको छ । कांग्रेस उपसभापति तथा शान्तिमन्त्री पौडेलकी पत्नी सविता पौडेल र पूर्वसांसद लोकराज जोशीकी श्रीमती शान्ति जोशीलाई गृहले दुई/दुई लाख दिएको छ । कति गरिब नेपाली वीर अस्पतालमा समेत औषधोपचार नपाएर छटपटाइरहेका छन्, तर मन्त्री पौडेलकी पत्नी सवितालाई भारतको अल इन्डिया अस्पतालमा आँखाको उपचार गर्न भनेर सरकारले दुई लाख रकम दिएको छ । अझ जोशीलाई त रकम किन दिइएको हो भन्नेसमेत खुलाइएको छैन ।
विराटनगरस्थित गणपति कटन मिल्सका मजदुरहरूको तलबभत्ता भनेर गृह मन्त्रालयले ३१ लाख रुपैयाँ दिएको छ । यो उद्योग पूर्वराजा ज्ञानेन्द्रका मामा सुशीलशमशेर राणा र कोलकाता बाजुरिया समूहले संयुक्त रूपमा चलाएका थिए । राणा निर्देशक रहेको सो उद्योग घाटामा गएकोले बन्द भएको सात वर्षभन्दा बढी भइसक्यो । तर, कम्पनीका तर्फबाट मन्त्रिपरिषद्ले गत ५ जेठमा निर्णय नै गरेर कर्मचारीलाई तबल भत्ता दिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत यो रकम निकासा भइसकेको छ ।
वर्तमान सरकारका विज्ञान तथा प्रविधिमन्त्री फरमुल्लाह मन्सुरको ‘सञ्जीवनी बाटिका’ नामक संस्थालाई पनि गृहले पाँच लाख अनुदान दिएको छ । स्रोतका अनुसार मन्त्री मन्सुरकै विशेष पहलमा मन्त्रिपरिषद्बाट निर्णय गराएर यो रकम दिइएको हो । विभागीय मन्त्री कृष्णप्रसाद सिटौलाको गृहजिल्ला झापाका व्यक्तिदेखि गैरसरकारी संस्थासम्मलाई १० हजारदेखि पाँच लाखसम्म रकम बाँडिएको पनि गृह मन्त्रालयको तथ्यांकमा छ ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला मोरङको प्रेस युनियन शाखालाई पाँच लाख दिइएको छ । कांग्रेस नेत्री तथा प्रधानमन्त्रीकी भाउजू नोनाको स्मृतिमा पुरस्कार स्थापना गर्ने भनेर सो रकम दिइएको हो ।
त्यस्तै, बहालवाला माओवादी सभासद् सत्या पहाडी र सद्भावना पार्टीका सभासद् महेशप्रसाद यादवले पनि गृह मन्त्रालयबाट दुई/दुई लाख लगेका छन् । पहाडीलाई पत्थरीको उपचारका लागि भनिएको छ भने यादवलाई दिइएको रकमको कारण खुलाइएको छैन ।
कांग्रेस नेत्री शैलजा आचार्यको उपचारका लागि गृहले करिब ११ लाख दिएको छ । गृह मन्त्रालयको लेखा शाखाका अनुसार शैलजाको उपचार खर्चमध्ये ६ लाख ५१ हजार अस्पतालमा तिरिएको छ भने चार लाख नगद दिइएको छ ।
गृह मन्त्रालयले गत आर्थिक वर्षमा जम्मा ३३ करोड ३९ लाख ४२ हजार खर्च गरेको छ । जसमध्ये सामाजिक सेवा अनुदान शीर्षकमा मात्रै ११ करोड ४२ लाख ५४ हजार दुई सय ४६ रुपैयाँ खर्च गरेको छ । गृह मन्त्रालयका अनुसार सामाजिक सेवा अनुदान शीर्षकबाटै मधेस आन्दोलनमा मारिएका ३५ जनाका परिवारलाई १०/१० लाखका दरले क्षतिपूर्ति दिइएको छ । त्यस्तै, संविधानसभा चुनावमा मारिएका तीन उम्मेदवार तथा चुनावका क्रममा मारिएका प्रहरीका परिवारलाई पनि यही शीर्षकबाट १० लाखका दरले राहत दिइएको छ ।
त्यस्तै, औषधि-उपचार शीर्षकमा छुट्टै ६३ लाख ५६ हजार पाँच सय ४३ रुपैयाँ खर्च गरिएको छ । यो रकम तराई आन्दोलन र संविधानसभा चुनावका क्रममा घाइते भएकाहरूको उपचारमा खर्च गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, कर्मचारीहरूको कार्यक्रम भ्रमणमा ३३ लाख ५३ हजार तीन सय ९६ रुपैयाँ खर्च गरिएको छ ।

नेपाली जनप्रगतिशील मञ्च कतारको विज्ञप्ती

Filed under: Uncategorized

नेपाली जनप्रगतिशील मञ्च कतारले संगठानिक अनुशासन भन्दा बाहिर गएर विभिन्न हर्कत गर्नेहरुलाई गरिएको कार्वाहीमा अहिले पद मुक्त भइसकेका तत्कालिक केन्द्रिय समितिका उपाध्यक्ष्ँ चट्टान के.सी ले तिनै जनताबाट तिरस्कृत व्यक्तिहरुको निर्देशन र पहलमा पहिलेकै हैसियतमा विज्ञप्ती निकालेर एक त हासोको पात्र बन्ने काम गरेका छन् भने अर्को कुरा सम्पर्ूण्ा कार्यसमितिलाई आक्रोशित बनाउने काम गरेको छ

हेनुस् नेपाली जनप्रगतिशील मञ्च कतारको विज्ञप्ती

नेपाली जनप्रगतिशील माच कतारको यही जुलाई ४ २००८ मा बसेको केन्द्रिय समिति क्षेत्रिय समिति र एरिया समिति समेतको विस्तारित वैठकले संगठनको मर्यादा र अनुशासन भन्दा बहिर रहेर गुटबन्दी गरि नेतृत्व कब्जा गर्न खोज्ने ठगी दलाली गरि नेपालीहरुमाथि नै उत्पीडन मच्चाउने तल्लो तहका सदस्यहरुसंग घुलमिल हुन नचाहने र नेतृत्व पाउनको लागि मात्रै व्ल्याकमेलिङ्ग गरिरहने मजदूरहरुको भावनालाई अपहेलना गर्ने तथा संगठनको नियम विपरित वार्गेनिङ्ग पावर बढाउने कु_ित्सत मानसिकताका कतार भरिका संगठनका साथीहरुलाई दिगभ्रमित पार्ने कोशिश गरेपनि नसकेर अन्तत केन्द्रिय समिति क्षेत्रिय समिति एरिया समिति इकाइ समिति सम्मका बटुलेर सातजनाको राजीनामा एकत्रित रुपमा पेश गरेकोमा बैठकमा व्यापक छलफल गरि तत्कालिन केन्द्रिय सल्लाहकार रमेशबावु श्रेष्ठ र नेशनल क्षेत्रिय अध्यक्ष दीपक भेटवाललाई साधारण सदस्यता समेत नरहने गरि र तत्कालिन केन्द्रिय उपाध्यक्ष चन्द्रबहादुर के।सी। उर्फ चट्टान के।सी सह सचिब ठाकुर भट्ट संगठनको केन्द्रिय कोषाध्यक्षमा रही सम्पूर्ण रकम हिनामिना गरि kantipur trading & contracting co. मा लगानी गरेका र वारम्वार आर्थिक विवरण बुझाउन केन्द्रिय समितिले निर्देशन दिदापनि अटेर गर्ने र अहिले अध्यक्षलाई नै आर्थिक कारोवार पारदर्शी नबनाएको भनेर आरोप लगाउने केशबराज सुवेदी सनैया-२ का धनराज वि।s। र सिमसिमा एरियाका सल्लाहकार महेन्द्र न्यौपानेलाई साधारण सदस्य मात्र रहने गरि निलम्वन गरिएकोमा हामी सम्पूर्ण साथीहरु साक्षी छौ र प्रत्येक इकाइ समिति समेतबाट उक्त कार्वाहीको स्वागत गर्दै आगामी दिनमा यस्ता किसिमका प्रवृतिहरुलाई जरैदेखि उखेलेर फ्याक्ने प्रतिवद्धता सहित केन्द्रमा पठाइसकेका छौ । तर विडम्बना सम्पूर्ण समितिले गरेको कार्वाहीलाई एउटा व्यक्तिको मात्र नाम लिइ जसरी केन्द्रको दुहाइ दिएर सदस्यहरु तथा समर्थकहरुमा भ्रम छर्ने काम गरेको छ केन्द्रिय उपाध्यक्षको नाममा विभिन्न संचारमाध्यमा प्रचारित विज्ञप्ती मार्फत त्यसमा हाम्रो ध्यानकार्षण भएको छ । चट्टान के।सी। एउटा उपयोगको भाडो मात्र हुन् जसरी संगठनबाट हटिसकेको व्यक्तिलाई उपयोग गरेर र संगठनको नाम बेचेर दलाल पुजीपति र ठगहरुले आफ्नो अभिष्ट पुरा गर्न लागि परेका छन् त्यो कहिल्यै पुरा हुने छैन । बरु अरिङ्गालको गोलामा ढुंगा हानेर आफ्नो अवसानलाई नजिक्याउदै छन । हामी नेपाली जनप्रगतिशील माचसंग सम्बद्ध साथीहरुमा के अनुरोध गर्दछौ भने यस्ता घृणित कार्यको सामाजिक भौतिक तथा वैचारिकरुपमा प्रतिरोध गर्नको लागि आव्हान गर्दछौ । साथै ठग दलालहरुले सृजना गरेको भ्रममा पनि नपर्न आग्रह गर्दछौ । अवसरवादी तथा नेपाली मजदूरहरु माथि उत्पीडन मच्चाएर आफू रमाउन खोज्ने सामन्तवादी चरित्रहरुलाई पनि नेपाली जनप्रगतिशील माचको आस्था विचार र भावनासंग खेलवाड नगर्न चुनौती दिन्छौ । आगोको लप्कासंग खेल्ने दुस्साहस गरेमा आफै जलेर खरानी बन्ने छन् । बेलैमा चेतना भया †
क्रान्तिकारी अभिवादन सहित †
अध्यक्ष
भरत ढकाल
दुखान क्षेत्रिय समिित
अध्यक्ष
राम ब। खत्री
रैयान क्षेत्रिय समिति
अध्यक्ष
एल।वी।sे।सी।
नेशनल क्षेत्रिय समिति
अध्यक्ष
अशोकराज पराजुली
सनैया क्षेत्र नं १
का।वा। अध्यक्ष
यज्ञराज न्यौपाने
सनैया क्षेत्र नं। ३
का।वा। अध्यक्ष
किसन शाही
विन ओम्रान क्षेत्रिय समिति
अध्यक्ष
रमेश भट्ट
अलसाद विनमोहम्मद एरिया समिित
अध्यक्ष
धन ब। कार्की
नेशनल एरिया समिित
अध्यक्ष
पल परियार
सिमसिमा एरिया समिति
अध्यक्ष
दधिराज पोख्रेल
खालिफा स्टेडियम एरिया समिित
अध्यक्ष
अमरेश कुमार मोक्तान
नयाँ सनैया एरिया समिित
अध्यक्ष
रुद्र लामिछाने
अबुहामर एरिया समिति